रिबन

कुम्भ मेलामा अमृत स्नानको क्रममा भागदौड, धेरैको मृत्युको आशंका

प्रयागराज, भारत । उत्तर प्रदेशको प्रयागराजमा जारी कुंभ मेलामा बुधबार राति डेढ बजेको समयमा एक घाटमा भागदौड मचिएको छ। भागदौडका कारण धेरै व्यक्तिहरूको मृत्यु भएको आशंका गरिएको छ।

समाचार एजेन्सी एएफ़पीका अनुसार, यस घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र थुप्रै मानिस घाइते भएका छन्। यद्यपि प्रशासनले अहिलेसम्म कुनै पनि मृतकको पुष्टि गरेको छैन।

समाचार एजेन्सी पीटीआईका अनुसार, भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोनमार्फत् स्थितिकाे समीक्षा गरेका छन् र घटनाप्रति गहिरो चासो व्यक्त गरेका छन्।

मंगलवार साँझदेखि मौनी अमावस्याको अवसरमा अमृत स्नानको क्रम चलिरहेको थियो र ठीक यसै समयमा उक्त दुर्घटना भएको बताइएकाे छ। प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भमा अहिलेसम्म लगभग १५ करोड व्यक्तिहरूले गंगा नदीमा डुबुल्की मारिसकेका छन्। आज बुधवारको दिन मौनी अमावस्यामा १० करोड भन्दा बढी श्रद्धालुहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। भागदौड पछि साधुसन्तहरूले श्रदालुहरुलाई संगम तटमानजानको लागि आग्रह गरेका छन् ।

अझै पनि संगम तटमा मानिसहरूको भीड बढिरहेको बताइएको छ। भगदौड पछि पनि मानिुहरु कुनै न कुनै तरिकाले संगम तटतर्फ जाने प्रयासमा रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *