रिबन

लस एन्जलसको नयाँ डढेलोले ८ हजार एकडभन्दा बढी क्षेत्रफल जलायो

काठमाडाैं । क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर) काअनुसार बुधबार बिहान लस एन्जलस काउन्टीमा द्रुत गतिमा फैलिएको डढेलोले ८ हजार ९६ एकड (३२.७६ वर्ग किलोमिटर) सम्म फैलिएको बताएको छ ।

क्याल फायरले रिपोर्ट गरेअनुसार ह्युजेस फायर नामक आगो लस एन्जलस शहरबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा रहेको कास्टेइक ताल नजिकैको लेक ह्युजेस रोड क्षेत्रमा लागेको थियो । दक्षिणी क्यालिफोर्नियाको पछिल्लो डढेलो सुख्खा वनस्पति र सान्ता आना हावाका कारण द्रुत गतिमा फैलिएको बताएको छ । जसमा लगभग १९ हजार बासिन्दाहरू अनिवार्य निकासी आदेशमा छन् ।

कास्टेइकमा रहेको पिचेस डिटेन्सन सेन्टरले ४७६ कैदीहरूलाई नजिकैको उत्तरी काउन्टी सुधार सुविधामा सारेको छ । लस एन्जलस काउन्टी यस महिना घातक आगलागीले डुबेको छ । प्यालिसेड्स र इटन आगलागीमा २८ जनाको मृत्यु भएको छ । हजारौं संरचनाहरू नष्ट भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *