देश

१५ प्रहरी गैरहाजिर गरेर फरार , ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर गरेका नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । यस्तै प्रहरी प्रधान र्काालयले तोकिएको समयभित्र सम्पर्कमा नआउनेलाई प्रहरी नियमावली अनुसार कारबाही गर्ने समेत जनाएको छ ।

आफूखुसी गैरहाजिर भएकाहरुमा प्रहरी हबलदार रघुनाथ हजाम, सहायक हबल्दार धनबहादुर कार्की र चेतन महरा तथा प्रहरी जवानहरु कृष्ण गिरी, मित्र योञ्जन, रुपक साउद, खेमराज राना लगायत छन् ।

यस्तै असलम मिया भाइ, दिलिप कुमार साह, राजेश कुमार साह, रामबहादुर माझी, शम्भु विश्वकर्मा, अर्जुन कुमार पुनमगर, गोपाल थारु र कार्यालय सहयोगी लक्ष्मण थापालाई पनि स्पष्टीकरणसहित कार्यालयमा हाजिर आग्रह गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *