रिबन

भीम रावलसँगै धनगढी पुगे कर्ण थापा

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल र एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको एकसाथ धनगढी पुगेका छन् । शुक्रबार बिहान श्री एयरको जहाजमा एउटै सिटमा बसेर रावल र थापा धनगढी पुगेका हुन्‌ ।

रावल एमालेबाट निष्कासित भएपछि नयाँ पार्टीको अभियानमा छन्‌ । थापा रावललाई कारबाही गर्नु नहुने पक्षमा थिए । उनीहरु सँगैसँगै यात्रा गर्नुको पछाडिलाई एमालेभित्रको राजनीतिक कोर्षलाई महत्वपूर्ण ढंगले हेरिएको छ भने कतिपयले संयोगको यात्रा ठानेका छन् ।

धनगढी विमानस्थलमा रावलको स्वागतका लागि उनका समर्थक पुगेका थिए । थापा भने एउटा सरकारी गाडीमा विमानस्थलबाट धनगढीतर्फ लागेका थिए । नेता रावल एमालेले पार्टीबाट निष्कासित गरेपछि पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम यात्रामा निस्केका हुन्‌ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *