रिबन

शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने अनुमान

ल्हासा, (सिन्ह्वा) । मङ्गलबार बिहान तिब्बतको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म ५८ जना घाइते भएको पनि पुष्टी भएको छ ।

क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार उद्धार कार्य जारी छ र मृतक तथा घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *