
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयले अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।
पहिलो नम्बरमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव हरिप्रसाद अर्याल रहेका छन् । अन्तिम ३०औं नम्बरमा आदिवासी जनजाति आयोगमा कार्यरत उपसचिव टेकप्रसाद पुलामी ।