रिबन

लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेललाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोका अनुसार सोमबार मोरङ ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । सभापति पोखरेलले ठगीको आरोप लागेको भन्दै शुक्रबार स्वकीय सचिवलाई पदबाट बर्खास्त गरेका थिए।

एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ अनिल पोखरेलले लिएका थिए । पीडित पक्षले बारम्बार आफ्नो रकम फिर्ता गराइदिन आग्रह गर्दा समेत पोखरेलले सो रकम फिर्ता नगरिदिएको पीडितको गुनासो छ
सो रकम फिर्ताको माग राखेर बारम्बार उनलाई आग्रह गरेपछि बौवालाललाई २०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै पोखरेलले थप ५० लाख रुपैयाँ ऋण लिएको कागज समेत बनाइदिएका थिए ।

२०७४ साल असार २५ गतेको म्याद दिएर ऋण लिएको भनि जबरजस्ती कपाली तमसुक बनाइदिएको भन्दै पीडित उजुरी प्रहरी कार्यालय पुगे । तर प्रहरीले उक्त उजुरी प्रहरीले दर्ता गर्न चाहेन् । तर बौवालालले १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी पठाएका थिए । ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न उनले माग गरेका थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध गत भदौ ३१ गते ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको गर्न अन्तिम आदेश दिएपछि पुस ११ गते प्रमाणीकरण भएको थियो । अदालतको आदेशको पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *