
काठमाडौं । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङका क्रममा स्थानीयसँग विवाद सिर्जना भएपछि प्रहरी हवाई फायर गरेको हो ।
चेकिङका क्रममा प्रहरीमाथि हमला भएपछि प्रहरी अवस्था सुधारका लागि हवाइ फाएर गरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले जानकारी दिए । प्रहरीका अनुसार राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए । स्थानीयसँगको झडप नियन्त्रणका लागि समाधानका लागि फिल्डमा खटिएका प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताएका छन् । अहिले घाइते यादवको उपचार जनकपुर न्यूरो अस्पतालमा जारी छ ।
स्थिति नियन्त्रण लिनका लागि प्रहरीले पाँच राउण्ड हवाइ फाएर गरेको थियो । अवस्था थप अनियन्त्रित भएपछि अवस्था सुधारका लागि प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो ।