रिबन

इजरायलको गोप्य ‘अपरेसन मेनी वेजे’ १२० कमान्डोले सिरियामा विनाश मच्याएकाे खुलासा

तेल अभिव । इजरायली सेनाले सिरियामा आफ्नो एउटा गोप्य मिसनको बारेमा ठूलो खुलासा गरेको छ ।

इजरायली सेना आईडीएफका अनुसार राष्ट्रपति बसर अल असदको शासनकालमा इजरायलका १२० कमाण्डोले सिरिया प्रवेश गरेर विनाश मच्चाउन सफल भएको खुलासा गरेका हुन् । सोही मिसनले इरानको सहयोगमा सिरियामा रहेको भूमिगत मिसाइल कारखाना पनि पूर्णरुपमा ध्वस्त बनाएको दावीसमेत गरिएको छ ।

इजरायलले ८ सेप्टेम्बर २०२४ मा यो गोप्य मिसन भुमीगत मिसाइल कारखाना ध्वस्त बनाउन पठाएको थियो । आईडीएफले अब यसलाई हालै सार्वजनिक गरि दिएको छ। इजरायलले यो गोप्य मिसनलाई ‘अपरेशन मेनी वेज’ नाम दिएको थियो । जसलाई इजरायली सेनाको डरलाग्दो शाल्डाग युनिटले मात्र ३ घण्टामा मिसन पुरा गरेको थियो ।

इजरायली सेनाले यो इरानी मिसाइल कारखाना सिरियाको मास्याफ क्षेत्रमा जमिनबाट ७० देखि १३० मिटर गहिरो भागसम्ममा धेरै तहमा निर्माण गरिएको अवस्थामा बिधमान थियो, जहाँ सिरियाले घातक मिसाइलहरू बनाउँथ्यो । र, त्यसपछि लेबनानमा हिजबुल्लाह र बसर अल असदको सेनालाई पठाइने गरिन्थ्यो ।

उल्लेखनीय छ कि इजरायली सेनाका कमान्डोहरूले सिरिया भित्र २०० किलोमिटर भित्र पसेर यो गोप्य मिसन पुरा गरेका थिए र सिरियाको वायु रक्षा प्रणाली तिनीहरूलाई रोक्न पूर्ण रूपमा असफल साबित भएका थिए । यस सम्पूर्ण मिसनमा इजरायली सेनालाई कुनै क्षति नभएको आईडीएफको दावी छ । इजरायलले भन्यो, ‘एक इरानी क्षेपास्त्र निर्माण कारखाना आइडीएफ हवाई आक्रमणमा नष्ट भयो।’

खासमा इरानले सन् २०१७ मा पहाड मुनी रहेको त्यस मिसाइल कारखानाको निर्माण सुरु गरेको थियो, जुन सन् २०२१ मा सम्पन्न भएको थियो । यो कारखाना जमिनबाट ७० देखि १३० मिटर तल निर्माण गरिएको थियो । त्यहाँ १६ भुमीगत कोठाहरू थिए, जसमा मिसाइलहरू बनाइने गरिन्थ्यो । त्यहाँ हरेक वर्ष १०० देखि ३०० क्षेप्यास्त्रहरू बनाइन्थ्यो र तिनीहरूको दायरा ३०० किलोमिटर सम्म हुने गरेको इजरायलको दावी प्रस्तुत भएको छ ।

तर, इजरायलका कुल १२० कमान्डोहरू सिरियामा अपरेशन धेरै तरिकामा संलग्न थिए, जसमध्ये १०० घातक बल कमाण्डो र २० चिकित्सा कर्मचारी एकाइबाट थिए। कमाण्डोहरू सीएच ५३ यासूर हेभी ट्रान्सपोर्ट हेलिकप्टरबाट सिरियामा प्रवेश गरेका थिए। उनीहरुसँगै हावामा अपाचे अट्याक हेलिकप्टर, २१ फाइटर जेट, ५ ड्रोन र १४ वटा निगरानी विमानसमावेश थिए । जसले ३ घण्टामा पूरा मिसन पूरा गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *