
काठमाडौं । न्यायाधीश नितिज राईले सहकारी ठगी प्रकरणमा इजलासमा बहस चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछाने जुरुक्क उठेर प्रतिवाद गरेपछि अनुसन्धान प्रभावित पार्ने गतिविधि नर्गन निर्देशन दिएका छन् । कास्कीका सहकारी पीडित जाहेरकर्ताको तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता रामचन्द्र गौतमले पत्नी निकिता र ससुरा उद्धव पौडेलको विषयमा प्रवेश गरेपछि रवि आक्रोसित हुँदै नबोल्न वकिललाई आग्रह गरेपछि केही समय बहसमा समेत बाधा पुगेको थियो ।
न्यायाधीश नितिज राईले लामिछाने गरेको गतिविधिका बारेमा आपत्ति जनाउदै बहस सुन्ने धैर्यता राख्न निर्देशन दिएका हुन् । न्यायाधिस राईले भने,‘तपाईंले अब पनि वीचमा डिस्टर्ब गर्नुभयो भने मैले अर्को निर्णय पनि गर्नुपर्ने हुनसक्छ , इजलासले बहसलाई निरन्तरता दिन भनेपछि अधिवक्ता गौतमले लामिछानेविरुद्धको अभियोग पुष्टि हुने आधार र कारणहरु लामो समयसम्म सुनाएका थिए।
सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बिहीबार थुनछेक बहसमा यस्तो घटना देखिएको थियो । जिबी राई संचालक रहेको सूर्यदर्शन लगायत विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमार्फत सहकारी बचतकर्ताहरुको ६५ करोड गैरकानुनी ढङगले दुरुपयोग गरेका थिए । त्यसमध्ये निकिताको खातामा ३५ लाख र उनका बाबु तथा रविका ससुरा गोपीकृष्ण मुभिजका मालिक उद्धवको खातामा ५० लाख जम्मा गरेको अभियोगमाथि अधिवक्ता गौतमले बहस गरेका थिए ।
मुद्दामा लामिछानेसहित सात जना प्रतिवादीको बयान सकिएलगत्तै मंगलबारदेखि जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बुधबार सरकारी वकिलले सकेसँगै हिजो जाहेरवालाका कानुन व्यवसायीले बहस गरेका थिए । शुरुमा बहस गरेका नायव महान्यायाधिवक्ता सन्जिव रेग्मीले लामिछानेलगायतका प्रतिवादीलाई थुनामा पठाउन माग गरे ।
त्यसपछि काठमाडौँबाट गएका वरिष्ठ अधिवक्ताद्वय डाक्टर सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी बहसमा उत्रिए । उनीहरुले पनि अभियोग पुष्टि हुने आधार प्रस्तुत गर्दै लामिछानेसहितलाई थुनामा पठाउनुको विकल्प नरहेको बताएका थिए । भण्डारीले थुनाबाहिर राख्दा पुनस् सत्तामा पुग्ने र शक्तिको आडमा मुद्दा प्रभावित पार्न सक्ने खतरातर्फ रहेको समेत बताएका थिए। अदालत स्रोतका अनुसार बहसको अन्तिममा न्यायाधीश राईले लामिछानेलाई बहसमा बाधा पु¥याउन खोजेर के गर्न खोज्नु भएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि रवि बोलेनन् ।
आजदेखि प्रतिवादीका तर्फबाट बहस जारी छ । आजको बहसमा छविलाल जोशी बन्जाडेको तर्फबाट कानुन व्यवसायीहरु बहस गरिरहेका छन् । केही समयअघि सर्वोच्चका पूर्व न्यायाधीश इश्वर खतिवडाका छोरा अधिवक्ता अपूर्व खतिवडाले बहस सिध्याएका छन् । लामिछानेको बहसको पालो आइतबार मात्र सकिने भएको छ । अर्को हप्तासम्म सहकारी ठगी प्रकरणका अभियुक्तहरुको अदालतको आदेश आउने अदालत प्रारम्भिक अनुमान गरेको छ ।