राजनीति

सैनिक शासन लागू गर्ने निर्णयले विवादमा परेका दक्षिण कोरिया राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मंगलबार सियोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको पहिलोपटक भएको स्थानीय मिडियाहरुले बताएका छन् ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुकले ३ डिसेम्बरमा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । उनको निर्णयविरुद्ध विपक्षी दलसमेतले विरोध जनाएपछि उनले सो निर्यय पुनः फिर्ता लिएका थिए । सोही प्रकरणमा संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बि भएका हुन् । सो विषय अहिले संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाले महाअभियोग लागेका व्यक्तिहरुलाई पदमुक्त गर्ने विषयमा संवैधानिक अदालतले निर्णय गर्नेछ ।

उनले चालेको कदम सकरात्मक नभएको भन्दै भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित राष्ट्रपति योललाई उपस्थितका लागि आग्रह गरेपनि राष्ट्रपति योलले उक्त विषय अस्वीकार गरेको भन्दै . सोमबार मात्रै राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जीको अनुमति माग गरिएको थियो । दक्षिण कोरियामा सियोल पश्चिमी जिल्ला अदालतले कुनै उच्च अधिकारीविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गर्नु परेको अवस्थामा पक्राउ पूर्जी जारी गर्ने गर्दछ । संयुक्त जाँच मुख्यालले विज्ञप्ति जारी गरी निलम्वित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि मंगलबार बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी गरेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *