काठमाडौं । नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटो ललितपुरमा प्रहरी टोली पगेको छ । ओलम्पिक कमिटीमा गैरकानुनी रूपमा चुनाव हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपओले खेलकुद मन्त्रालयलाई पत्र पठाएपछि उक्त स्थानमा प्रहरीको टोली त्यस क्षेत्रमा पुगेको हो ।
खेलकुद मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाउँदै गैरकानुनी रूपमा हुन लागेको चुनाव रोक्न र सुरक्षा प्रदान गर्न भन्दै पत्र पठाएको थियो । गृहमा पुगेको उक्त पत्रपछि प्रहरी परिचालन गरिएको हो
गृहको निर्देशनपछि जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी टोली परिचालन गरेको छ । अहिलेसम्म अवस्था सामान्य रहेको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।




