देश

तोकिएको समयसिमा भित्रै त्रिविमा डिन र निर्देशक नियुक्त

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले दिएको समयसिमाभित्र नै त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न ८ संकायका डिन र तीनवटा केन्द्रको निर्देशक नियुक्ति गरेको छ । प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पुस ७ भित्र डिन नियुक्ति गरिसक्न निर्देशन दिएपछि एक साताअघि नै परिषद्ले शनिवार बैठक बसेर विभिन्न ८ संकायका डिन र तीनवटा केन्द्रको निर्देशक नियुक्ति गरेको हो ।

छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट मेरिटका आधारमा एक जनाको नियुक्ति गरिएको रजिष्टार केदार रिजालले बताए । बैठकले शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा. मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

नवनियुक्त डिनहरु

१ः वन विज्ञान अध्ययन संस्थानः ठाकुर सिलवाल

२ः चिकित्साशास्त्र अध्ययन संस्थानः डा. मोहनराज शर्मा

३ः मानविकी तथा समाजशास्त्र अध्ययन संस्थानः डा. द्धिविनन्द ढकाल

४ः शिक्षाशास्त्र संकायः डा. बेदराज आचार्य

५ः व्यवस्थापन संकायः डा. महानन्द चालिसे

६ः इन्जिनियरिङ अध्ययन संस्थानः डा. सुशीलवहादुर बज्राचार्य

७ः विज्ञा तथा प्रविधि अध्ययन संस्थानः डा. शंकर खनाल

८ः कृषि तथा पशुविज्ञान अध्ययन संस्थानः डा. किशोरचन्द्र दाहाल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *