खेलकुद

काठमाडौं गुर्खाज १११ रनमा समेटियो, सोहिलले लिए ५ विकेट

काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो ।

चितवन राइनोजका बलर सामु काठमाडौं गुर्खाजका ब्याटरहरु निरीह बने । खेलमा सम्हालिन नसक्दा काठमाडौं गुर्खाज १११ रनमा समेटिनु पुग्यो ।

चितवन राइनोजका लागि पाकिस्तानी बलर सोहिल तन्विर घातक बने । ४ ओभर बलिङ गरेका उनले सर्वाधिक ५ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *