कोशी प्रदेश

कोशी प्रदेशमा पहिचानवादी पक्षधरले गरे आन्दोलनको घोषणा

काठमाडौं । कोशी प्रदेशमा विभिन्न १२ वटा पहिचानवादी सङ्घ संस्थाले कोशी नाम खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले केही उग्र कार्यक्रमको घोषणा गरेका हुन् ।

उनीहरूले यसअघि जस्तै ८५ जना सांसदलाई निषेध गर्ने, सांसदका नातागोतालाई हस्ताक्षर फिर्ता लिन दबाब दिने लगायतका कार्यक्रम घोषणा गरेका छन । उनीहरुले कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने समेत बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *