बागमती प्रदेश

बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

हेटौडा । बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइएको छ । प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो ।

पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सयदिनभन्दा बढी विनाविभागीय मन्त्री भएका श्रेष्ठलेअब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् ।

यससंगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन्। यसअघि १३ मन्त्रालय थिए । यससंगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री सहित ८ र एमालेबाट ६ जान मन्त्री बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *