खेलकुद

नेपाल प्रिमियर लिग क्रिकेट रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल प्रिमियर लिग रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका हुन् । उनको रिट आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ।

उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि नेपाल क्रिकेट संघले सहमति गरेर दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने सर्वोच्चमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

आफूलाई क्यानले अन्याय गरेकाले न्याय माग्न गएको उनको दाबी छ । एनपिएल सम्वन्धी सम्पूर्ण सर्वाधिकार आफूलाई यसअघि दिएको तर अहिले जानकारी नै नदिई अन्य कुनै कम्पनीलाई दिएको भनेकै आधारमा सञ्चालन गर्न नमिल्ने उनले दावी गरेका छन् । ।

उनले यसअघि आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई आमिर अख्तरको चेतावनी दिएका थिए । तर क्यानले आफ्नै तरिकाले एनपिएलको तयारी अघि बढाएको थियो । प्रतियोगिता आगामी मङ्सिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुने भनिएको छ ।

क्यानले प्रतियोगिताका लागि खेलाडीहरूको अक्सनसमेत गराइसकेको छ । प्रतियोगितामा सहभागी आठवटै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् । क्लबहरूले प्रतियोगिताको तयारीका लागि ठुलो राशि खर्च पनि गरिसकेको छन् ।

तर, अहिले आएर एनपीएल प्रतियोगितामा नयाँ विवाद अदालतसम्म पुगेको छ। पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिगको नाममा आफूले प्रतियोगिता सञ्चालन गर्दै आएको र यसको दर्ता पनि आफ्नै नाममा रहेको दाबी गरेका छन् ।

‘म आमिर अख्तर नेपालको पूर्वक्रिकेटर तथा एनपीएल र ईपीएलको सञ्चालक समेत हुँ । क्यानकै सहमतिमा मैले विगतमा एनपीएलको पहिलो संस्करण सञ्चालन गरेको ध्यानाकर्षण गराउन चाहन्छु ।

उनले क्यानसँग सहमति भएमा आफू नेपाल प्रिमियर लिगको स्वामित्व क्यानलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताएका छन् । उनले क्यानलाई पठाएको पत्रको बोधार्थ राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, कम्पनी राजिष्ट्रारको कार्यालय र एनपीएलमा सहभागी आठवटै क्लबलाई पनि दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *