खेलकुद

महिला साफ च्याम्पियनसीप फाइनल खेलमा प्रधानमन्त्री र उपप्रधानमन्त्री सहभागी

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा जारी छ । फाइनलमा घरेलु टीम नेपाल र बंगलादेशबीच प्रतिप्रधा भइरहेको छ ।

दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसीपको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओली र उप प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिं फाइनल खेल हेर्न रंगशालामा सहभागि भएका छन् । रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको उपाधिको खोजीमा छ । अघिल्लो संस्करणमा पनि नेपाल र बंगलादेश भिडेका थिए भने नेपाल उपविजेतामा सिमित भएको थियो । साफ महिला च्याम्पियनसिप–२०२४ फाइनलको पहिलो हाफमा घरेलु टिम नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *