देश

एआई सम्मेलनको प्रधानमन्त्रीद्धारा उद्घाटन, सही तरिकाले प्रयोग गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । दुई दिनसम्म संचालनमा आउने उक्त सम्मेलनको उद्घाटन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी भइरहेको जानकारी गराउँदै एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताए । उनले एआईको गलत प्रयोगबाट हुने प्रचार र दुरुपयोगबारे कडा निगरानी गर्न आवश्यक रहेको समेत बताए ।

एआईले धेरै ठूलो सहयोग गरेको छ । तर सही तरिकाले प्रयोग गर्न नसक्दा समाजमा द्वन्द्व निम्त्याउने घटनाहरु समेत हुने गरेकाले कडा निगरानी गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले एआईको गलत प्रयोगबाट आफ्ना फोटोहरुमार्फत गित संगीत र नृत्य बनाएकाले गलत प्रयोग हुन नकरात्मक भएको स्पष्ट पारे ।

देशको विकास र परिवर्तन ल्याउनमा एआईले सहयोग गरिरहेकाले समय सान्दर्भिक आवश्यक ठाउँमा सहि तरिकाले यसको प्रयोग गरौँ , प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने सरकारको तयारी रहेको बताएका छन् ।

युवा संघका अध्यक्ष थेबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताउँदै सरकारले आगामी दिनमा एआईका बारेमा राष्ट्रिय नीति बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनका अनुसार सम्मेलनमा विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने भएको छ । छलफलमा विदेशबाट आएका एआईका विज्ञहरूले समेत सहभागिता जनाउने छन् । सम्मेलनमा युरोपियन युनियन, जापान, उत्तर को

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *