काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक तथा पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी पनि दिएका छ्न । मुख्यमन्त्री कार्कीले बिहीबार राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
कोशी प्रदेशमा कांग्रेसबाट मन्त्री राईले यसअघि भौतिक तथा पूर्वाधारमन्त्रालयको नेतृत्व गरिरहेका थिए । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ । आफु मन्त्री नियुक्ती भएपछि भौतिक तथा पूर्वाधारमन्त्रालयको जिम्मेवारी सम्मालेका राईले क्रियाशिल भएर काम गरिरहेका छन् ।





