
काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा आइतबार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
आज दिउँसो १ बजे प्रधानन्यायाधीशमा नियुक्ति भएका राउतले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।