देश

अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीहरुको तयारी, विभाग भन्छ टिकट बन्द गराउँदा सेवाग्राही मारमा पर्छन्

काठमाडौं । गत शुक्रबार र शनिबार लगातार परेको अविरल वर्षाका कारण सडकमा अवरोध पुगेको र निरन्तर सडकको अवस्था विग्रिदैँ गएकाले यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए । यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो ।

अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेकालाई पुर्‍याउन गाडीहरू फर्किएर आउनै नभ्याउने अवस्था सिर्जना भएपछि अग्रिम टिकट बुकिङ सेवा बन्द गर्ने तयारी गरिएको उनको भनाइ छ । टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेकाले यसबारे दिउँसो महासंघको बैठक बसेर निर्णयमा पुग्ने उनले बताए ।

अग्रिम टिकट बिक्री बन्द गर्ने तयारीबारे यातायात व्यवस्था विभागलाई भने जानकारी छैन् । विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले उक्त विषयमा यातायात व्यावसायीहरुले केही जानकारी नदिएको बताएका छन् ।

देशभर यातायातको रुट परमिट खुला भएको सन्दर्भमा सम्बन्धित सवारीसाधन नै आइपुग्नुपर्छ भन्ने नहुने भन्दै त्यो गर्नु उचित नहुने बताए । उनले ‘अहिले छुटेका गाडी आइपुग्न नभ्याए पनि दसैँका लागि थपिएका गाडीहरुको प्रबन्ध मिलाएर यात्रुहरुलाई दशैँका बेला सहजै घरसम्म पुग्ने वातावरण मिलाउनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *