
काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले सहकारीमा देखिएको समस्या समाधानका लागि अनुसन्धानपछि तयार गरेको प्रतिवेदन संसदको प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । सोमबार समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाको बैठकमा पेश गरेका हुन् । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा हिनामिना भएको ठहर गरेको छ । गार्खा मिडिया नेर्टवर्कमा रास्वपा सभापति रवि लामिछाने , छबि र जीबी राई संलग्न रहेका छन् ।
समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको उनले बताए । उनले सहकारी समस्या धरासायी अवस्थामा रहेको समेत बताएका छन् । सहकारीमा सहकारी भवन मात्र सक्कली अरु सबै नक्कली भएका कारण सहकारीमा समस्या देखा परेको बताएका छन् ।
आज सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा पेश गरेको प्रतिवेदन सभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ । सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन् ।