खेलकुद

पल्सर स्पोर्टस् अवार्ड २०८० बाट को –को भए सम्मानित ?

पलेसालाई पारा एथलिट अफ दि इयर अवार्ड
काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेसा गोवर्द्धनले पाएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पलेसाले यो अवार्ड पाएकी हुन् ।

हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएको हो । पलेसाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कास्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।

नेपालमा क्रिकेटको विकासलाई उच्च तहमा पु¥याउन महत्वपूर्ण योगदान गरेका विनयराज पाण्डेलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।

शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा नेपाल क्रिकेट संघ(क्यान)का पूर्वअध्यक्ष पाण्डेलाई उक्त अवार्ड प्रदान गरिएको हो । जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट संघ स्थापना गरिएको थियो । स्थापना कालमा पाण्डे महासचिव थिए ३८ वर्षसम्म महासचिव रहेका उनले २००५ देखि २०११ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । नेपाल क्रिकेटको विकासको श्रृखला पाण्डे क्रिकेट संघको नेतृत्वमा हुँदा तयार भएको थियो । नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

पिपल्स च्वाइस अवार्डबाट भलिबलकी कविता भट्ट सम्मानित

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड(२०८० अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्ट सम्मानित भएकी छिन् । शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनले पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी हुन् ।

उनले पल्सर एनएस ४०० सीसीको मोटरसाइकल पुरस्कार पाएकी छिन् । २०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा पिपल्स च्वाइस अवार्डका लागि उनी मनोनयनमा परेकी थिइन् । पिपल्स च्वाइस विधाका लागि फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका थिए । उनले कुल खसेको मतको ५६ प्रतिशत प्राप्त गर्दै विजेता बनेकी हुन् ।

राष्टिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी

राष्टिन्य क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए । अवार्डका लागि रोहितसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित

करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिकालाई प्रदान गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *