देश

रास्वपाको कारबाहीमा परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई परेका छन् ।

पोखरास्थित श्रेष्ठको क्लिनिकबाट लागूऔषध बिक्रीको आरोपमा बिहीबार प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आफैँले सञ्चालन गर्दै आएको दिया फार्मेसीबाट लागुऔषध बिक्री गर्दै गरेको अवस्थामा श्रेष्ठ प्रहरीको नियन्त्रणमा परेका हुन् । गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कील जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठले आफूलाई स्वास्थ्यमन्त्री बनाउन पार्टीको कोर टिमले तीन करोड रुपैयाँ मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको सम्बाद सामाजिक संजालमा सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *