देश

हप्ता दिनभित्र आयुर्वेद उपचारमा सुधार योजना नल्याए मार्ग प्रशस्त गर्न स्वास्थमन्त्री पौडेलको निर्देशन

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीहरुसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार गर्न सकिने योजनासाथ आउन आग्रह गरे । ‘सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौं,’ उनले भने, ‘१ हप्ताभित्र प्रष्ट योजना लिएर आउनुहोला । द्रुत गतिमा सुधार ल्याउने गरी काम गरौं । म साथ दिन तयार छु ।’

उनले स्रोतको मितव्ययी सदुपयोग गर्नका लागि समेत आग्रह गरे । मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर नबस्न समेत निर्देशन दिए । ‘
देशमा आयुर्वेदबारे पर्याप्त अध्ययन अनुसन्धान समेत नभएको रिसर्च सेन्टर छैन आयुर्वेद क्षेत्रमा भारतले गरेको प्रगतिबाट समेत सिकेर सुधार गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *