देश

संगीता पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी

काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो । पहाडी आगामी चार वर्षसम्म टेलिकमको प्रबन्धक निर्देशनको जिम्मेवारी बहन गर्नेछिन् । सकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको खुशी व्यक्त गर्दै आगामी निकट भविष्यमा टेलिकमलाई थप उचाइमा पु¥याउने बताइन् ।

यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी पहाडीदाई सरकारले प्रबन्धक निर्देशनको जिम्मेवारी दिएकी हुन् । पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर उनले सेवा प्रवेश गरेकी थिइन् । १८ माघ २०७८ मा नायब प्रबन्ध निर्देशक भएकी पहाडीले दुई पटक टेलिकम प्रबन्ध निर्देशक बन्न आवेदन दिएसँगै सरकारले उनको निवेदनलाई स्वीकार गर्दै उनलाई महाप्रबन्धकको जिम्मेवारी दिएकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *