राजनीति

प्रचण्डकाे आक्रामक अभिव्यक्ति के का लागि ?

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सत्ताबाट चिप्लिएर सडकमा जनहित विपरीत अभिव्यक्ति दिँदै आइरहेका छन् । जनताको समस्या समाधान गर्ने धारणा निर्माण गर्नुको सट्टा जनतालाई झन् आक्रोशित बनाउने क्रियाकलापमा उद्धृत देखिन्छन्  प्रचण्ड । परिवर्तनको नाममा १७ हजार जनता मारेर माओवादीलाई जन्म दिएका प्रचण्डले नयाँ क्रान्तिको अर्को नयाँ पाटो सिर्जना गर्न नसकेर पुरानो विचारलाई नै बढवा दिइरहेकाले नागरिकहरूले आधुनिकतासँग मेल खाने कुरा नगरेको भन्दै नागरिकहरूले माओवादीको धारणालाई पुरातनवादी भन्दै आपत्ति जनाउँदै आएका छन् । 

 तर अझै प्रचण्डले जनताको आवाजलाई मनन गर्न सकेका छैनन् । सत्ताको प्रतिपक्षमा रहेको माओवादीले सडकमा जनता उतारेर आन्दोलनको वातावरण सिर्जना गर्नु कसरी संविधानसंम्बद्ध हुन सक्छ  ? यो जनताले उठाएको आवाज हो । छेपाराले रङ फेरेझैँ रङ फेरेर जनतालाई खाडलमा फसाउने रणनीति प्रचण्डले सिर्जना गर्न नहुने नागरिकहरूको भनाइ छ ।  क्रममा माओवादी सशस्त्र जनआन्दोलनका क्रममा घाइते भएका अपाङ्ग दृष्टिविहीन ,बिधुवा र भूमिहीन सुकुम्वासीको सम्बोधन कसरी गर्न सक्छन् ? उनीहरूले  १७/१८ वर्ष सम्म पनि न्याय पाउन सकेका छैनन् । उनीहरूको घाउ अहिलेसम्म पनि आलै छ ।

  पटक–पटक प्रधानमन्त्री समेत बनिसकेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वका घाइतेहरूलाई मलम लगाउन नसकेको जनताको गुनासो छ । तर प्रचण्ड सत्ताको कुर्सीका लागि पुनः सडकमा जनता उतार्ने भन्दै सरकारलाई धम्की पिटिरहेका छन् ।  गरिब जनताको चुल्हो बाल्ने काममा माओवादीले सत्तामा र सडकमा हुँदा समेत सहयोग गर्न नसकेको जनताको आक्रोश छ । तर प्रचण्ड जनताको पीडा सुन्नुभन्दा पनि सत्तामा कसरी चाँडो पुग्न सकिन्छ भन्ने रणनीति बुन्न व्यस्त छन् ।

 प्रचण्डले राजनैतिक,सामाजिक संस्कारलाई स्थापित गर्न नेता तथा कार्यकताहरुलाई सल्लाह सुझाव दिनुको सट्टा सडकमा शक्ति प्रदर्शन गर्न तिर प्रेरित गरिरहेका छन् । शान्तिपूर्ण भनेर गरिएका आन्दोलनका क्रममा कयौँले अकालमा ज्यान गुमाउनु परेको, कति अङ्गभङ्ग र सरकारको भौतिक क्षति समेत भएको विषयलाई माओवादीले चिन्तन मनन गर्नु पदैन् र ? माओवादीले नयाँ क्रान्ति र जनहितमा केन्द्रित अभियान ल्याउन नसकेपछि माओवादीलाई हेर्ने जनताको दृष्टिकोण साँगुरो  छ ।

कांग्रेस र एमालेले सबैको सहमतिमा संविधान संशोधन गर्ने बताइसकेका छन् । तर प्रचण्ड संविधान संशोधन गर्न नहुने भन्दै च्याँखे थापिरहेका छन् । नागरिकको हकहित र लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि संविधान संशोधन गर्ने पक्षमा सरकारले रहेको बेला प्रचण्ड सत्ताबाहिर पुगेपछि संविधान संशोधन नागरिकको हितमा नभएको भन्दै अभिव्यक्ति दिइरहेका छन् । प्रचण्ड सत्तामा प्रधानमन्त्रीको रुपमा रहँदा सबैको सहमतिमा संविधान संशोधन गर्न आवश्यक रहेको बताएका थिए । 

बिहीबार शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धका बारेमा अभिव्यक्ति दिएका छन् । जनयुद्ध सशस्त्र सङ्घर्षका रूपमा चित्रण नभएको भन्दै जनयुद्धमा  हिंसा, हत्या, नभएको बताए । प्रचण्डले सडकमा जनतालाई उतारेर आन्दोलन गर्ने कुरा कसरी जनताका लागि सही हुन्छ । सडक आन्दोलनमा गरिब जनताले नै सास्ती भोग्नुपर्छ । 

टिआरसी विधेयकलाई कार्यान्वयनमा ल्याउँदै प्रचण्डले  जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा अदालतले पुनर्विचार गर्नुपर्ने बताएका छन् । तर उक्त विषयलाई आम–नागरिकले स्वीकार गर्न सक्दैनन् । यसअघिदेखि नै प्रचण्डले फागुन १ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाउन भनेपछि चौतर्फी विरोध हुँदै आएको  छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *