काठमाडौं । विराटनगर महानगरपालिकाले मुख्य राजमर्गमा सीटी सफारी गुडाउन प्रतिबन्ध लगाएपछि सफारी चालकहरू साना व्यवासायीहरुमाथि महानगरपालिकाले दमन गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
सफारी चालकको आन्दोलनले कोशी राजमार्गको बरगाछीमा सवारी जाममा परेका मात्र छैनन् ,सडक नै अवरुद्ध बन्न पुगेको छ ।
महामनगरपालिकाले राणाकालीन शैलीमा ठुला सवारीलाई मात्र अनुमति दिएर सफारीमाथि प्रतिबन्ध लगाएपछि आफुहरुले रोजगारी र जिउने गाँँस खोसिएको भन्दै सफारी चालकहरु आन्दोलनमा उत्रिएका हुन् । महानगरपालिकालाई अधिकार भए पनि जनतालाई र व्यवासायीलाई मारमा पारेर गरिबको झन ढाड सक्ने काम गर्नु संविधान विपरीत भएको सफारी चालकहरुको भनाइ छ । उनीहरु भन्छन्– महानगरपालिकाले सफारीमा प्रतिबन्ध लगाएपछि आफुहरु सडकमा आउनु परेको छ । हाम्रो माग चाडैँ नै स्थानीय सरकारले सम्बोधन गरी तत्काल सफारी संचालनको अनुमति दिनुपर्छ प्रदर्शमा सामेल एक सफारी चालकले भने ।
मध्यान्ह १२ बजेदेखि बरगाछीको ६ लेन सडकमा सफारी राखेर चालकले सडक अवरोध गरिरहेका छन् । बन्दका कारण एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भइरहेको छ । यसअघि सफारी चालकहरूले विराटनगर महानगरपालिका कार्यालयअगाडि प्रदर्शन गरिसकेका छन् ।
आफ्ना मागहरु पुरा नभएसम्म आफुहरु आन्दोलनबाट पछि नहट्ने उनीहरुको भनाइ छ । विराटनगर ढाटसम्मको राजमार्गमा सफारी सञ्चालनमा रोक लगाइएपछि आफूहरू आन्दोलित भएको चालकहरुले बताएका छन् ।




