काठमाडौं । नेपाली काँग्रेसका दुई महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा र उपसभापति पूर्णबहादुर खड्काले पेस गरेका प्रतिवेदनहरू पूर्ण रूपमा परिमार्जन गरेर मात्र पारित गर्ने काँग्रेसले पूर्ण तयारी गरेको छ । पूर्व–प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पेस भएका प्रस्तुत प्रतिवेदनबारे पार्टीपंक्तिमा छलफल गरेर सहमतिमै परिमार्जन गरेर मात्रै पारित गर्ने तयारीका साथ पार्टीका पदाधिकारी तथा महामन्त्रीहरूसँगको छलफललाई तीव्रताका साथ अगाडी बढाएका छन् ।
सभापति देउवाले महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विद्यान विपरीत ल्याएको प्रस्तावमाथि पार्टीभित्र चर्को आलोचना भएपछि पार्टीको विद्धान र संविधानसम्मत बनाएर मात्र पारित गर्ने तयारीका साथ पार्टी पदाधिकारीहरूको छलफललाई तीव्रता दिएका हुन् ।
काँग्रेसमा साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेको एक्जिट पोलिसी सहितको प्रतिवेदन र काँग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनका विषयमा भएको विवादबारे छलफल जारी रहेको बेला नै काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक सूचना जारी गर्दै काँग्रेस महामन्त्रीसहितका सबै प्रस्तावहरू परिमार्जन गरेर भदौ १६ गते सर्वसम्मतिले पारित गर्ने बताएका छन् ।
उपसभापति खड्का सिङ्गो पार्टीपंक्तिलाई सबै प्रस्तावहरू परिमार्जन गरेर मात्र पारित हुने भन्दै ढुक्क हुन आग्रह समेत गरेका छन् । उक्त प्रतिवेदनमाथिको विवाद समाधानका लागि काँग्रेस सभापति देउवाले महामन्त्रीहरूसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। पार्टीको विद्धान र संविधान विपरीत भएको प्रतिवेदन परिमार्जन गरेर मात्र पारित गर्ने तयारीमा जुटेका सभापति देउवाले शनिवार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बोलाएका हुन् ।
बिहीबार बसेको बैठकमा पनि महामन्त्रीहरूले आफ्नो प्रतिवेदन परिमार्जन नहुने अडान राखेपछि उक्त विवाद सुल्झाउन कै लागि सभापति देउवाले पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बोलाएको काँग्रेस उच्च स्रोतले जनाएको छ । महामन्त्रीहरूले आफ्नो अडानलाई कायम राखे पनि उक्त विषय अल्पमतमा परिसकेको छ । काँग्रेस संथापन पक्षको आवाजलाई समेत संस्थापनइतरपक्षका नेताहरुले समेत सर्पोट गर्दै आएका छन् ।
नेपालमा रहेका सबै राजनीतिक दलहरूले निर्वाचनको समयमा गठबन्धन गर्ने परिपाटी चलाएका बेला महामन्त्री गगनकुमार थापाले चुनावी प्रतिस्पर्धामा गठबन्धन नगरी जाने भन्दै राखेको प्रस्ताव समेत असान्दर्भिक रहेको भन्दै कांग्रेससंस्थापन तथा इतरपक्षका केही नेतारुले बताइसकेका छन् । महामन्त्री थापाले समेत चुनावी अभियानका बेलामा एक्लै निर्वाचन लडे स्वत पराजित हुने अवस्था कायम नै छ ।
महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको प्रस्तावा पूर्ण रुपमा सहमतिका आधारमा नै स्वतः परिमार्जन हुने काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसको बैठक साउन २३ देखि २८ सम्म बसेर सोही विवादका कारण स्थगनमा परेको थियो । सहमतिका लागि भदौ ७ मा बसेको बैठकले पनि सहमति जुट्न सकेन । त्यसपछि उक्त विवाद समाधान कै लागि सभापति देउवाले आफ्नै निवास बुढानिलकण्डमा भदौ ११ गते महामन्त्रीसँगै उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङलाई समेत बोलाएका थिए । त्यस्तै विवाद समाधान नभएपछि भदौ १२ गते र १३ गते बोलाएको बैठकमा समेत विवाद समाधान हुन नसकेपछि काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले विवाद समाधान गर्दै सबै प्रस्तावहरू परिमार्जन गरेरमात्र पारित गर्ने काँग्रेसको पूर्ण तयारी रहेको बताएका हुन् ।
Purna Bahadur Khadka @NCPurnaKhadka ·
नेपाली काँग्रेसकाे जारि केन्द्रियसमिति बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताबबारे भईरहेकाे छलफल र पार्टीका पदाधिकारिसंग सभापतिज्युकाे जारि परामर्षबारे सार्बजनिक रुपमा अाएका टिप्पणी बारे- सिङ्गो पार्टीपङ्ति ढुक्क हुनुस सबै प्रस्ताबहरु परिमार्जन सहित १६गते सर्वसम्मतिले पारित हुन्छन




