राजनीति

सभापति देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।

एक पदाधिकारीका अनुसार दुई महामन्त्रीको प्रतिवेदन जसरी भएपनि परिमार्जन गराउने देउवाको तयारी छ।

आजको छलफलमा महामन्त्रीद्वयले आफ्नो प्रतिवेदन परिमार्जन नहुने बताएका थिए। ‘आज पनि कुरा नमिलेपछि शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी उठ्यौँ,’ ती पदाधिकारीले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *