राजनीति

दुई तिहाइ विश्वासको मतसहित सुदूरपश्चिमका मुख्यमन्त्री शाह दास्रो कार्यकालका लागि बने मुख्यमन्त्री

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्् । बुधबार शाहले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ३६ सांसदले मतदान गरेका छन। यस्तै विपक्षमा ८ सांसदले मतदान गरे भने स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले भने मतदान गरेनन् ।५३ सांसद भएको सुदूरपश्चिममा विश्वासको मत विभाजनमा ४५ सांसदले भाग लिएका थिए।

मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका छन् ।

सूदुरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस १८, नेकपा एमाले ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। शाहले दुई तिहाइ बहुमतको विश्वास मत पाएका हुन् । सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १र१ जना सांसद छन्।

२० साउनमा नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। शाह सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दोस्रो कार्यकालकाका लागि मुख्यमन्त्री बनेका हुन् । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यकता पर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *