देश

ऐतिहासिक धरहरालाई संचालनमा ल्याउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले भूकम्पले क्षति पुर्‍याएपछि निर्माण गरिएको नयाँ ऐतिहाहासिक धरहराको पूर्णनिमार्ण सम्पन्न गरेर सर्वसाधारणका लागि संचालनमा ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन पुगेको अवसरमा धरहरा सर्वसाधारणलाई खुला गर्ने तयारी गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले नयाँ धरहराको निर्माणकार्य सम्पन्न नभइ नै उद्घाटन गरेका थिए । तर पुर्णनिर्माणको काम सम्पन्न भएपछि मात्र संचालनमा ल्याउने भनेर उक्त धरहरा संचालनमा ल्याइएको छैन् । निर्माण कार्य सम्पन्न गरेरमात्र उक्त धरहरा संचालनमा ल्याउनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

धरहराको बाँकी काम पूरा गर्न प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालयलाई निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीको निर्देशनपछि शहरी विकास मन्त्रालयले पनि आयोजना प्रमुखमार्फत निर्माण कम्पनीलाई समयमा काम सक्न निर्देशन गरिएको छ । शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक कोशनाथ अधिकारीले मुख्य संरचना सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन् ।

धरहरा परिसको निर्माण कार्य सम्पन्न गर्ने कुनै सुरसार नभएको सोतले जनाएको छ निर्माण कम्पनीहरुले उक्त समयसम्म धरहराको निर्माण कार्य सम्पन्न गर्न निकै कठिनाइ हुने बताएका छन् । धरहराको निर्माण कार्य गरिरहेको रमन कन्स्ट्रक्सनले धरहराको काम अन्तिम चरणमा पुगेपनि डिजाइन परिवर्तन भएकाले सोही समयमा निर्माण कार्य सम्पन्न गर्न गाह्रो हुने जनाएको छ ।

ठेकेदार कम्पनीले इलेक्ट्रिकलसम्बन्धी कामको डिजाइन अझै पास भइनसकेको उल्लेख गरेको छ । विभागले एकदुई दिनभित्रै भेरियसन गरेर डिजाइन (इलेक्ट्रिकल मेकानिकल प्लम्बिङको) पास गरे पनि सामान ल्याउन न्यूनतम ३–४ महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ । ‘रमन कन्स्ट्रक्सनका निर्देशक रमन महतोले मुख्य टावरका सबै काम सकिए तापनि संग्रहालयका पुरा हुन नसकेको बताए डिजाइनमा भएको फेरबदलका कारण उद्घाटनको तीन वर्षभित्र समेत निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न नसकेको उनले बताएका छन् ।

उनका अनुसार पहिला ‘टावरमा मुख्य इलेक्ट्रिकल डिजाइन छैन् । टेन्डर गर्दा २५ प्रतिशतमात्रै डिजाइन भएको तर पछि डिजायनहरुमा भएको फेलबदलका कारण निर्माण कार्य समयमा नै हुन नसकेको उनले बताएका छन् । अहिले धरहराको निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने स्रोत र साधनको अभाव छ ।

विभाग समयमा भुक्तानी नहुदा सामान खरिदमा समस्या भइरहेको कम्पनीले जनाएको छ । उक्त कम्पनीले भुक्तानी पाउनुपर्ने रकम ६० देखि ७० करोड भएको तर विभागले दुईदेखि तीन महिनामा एकदुई करोडमात्र भुक्तानी गरेको जनाएको छ । धरहराको निर्माण कार्य सम्पन्न नभई संचालनमा ल्याउँदा आगामी दिनमा दुर्घटना लगाएत भौतिक तथा अभौतिक वस्तुमाथि क्षेति पुग्न सक्ने विज्ञहरुको भनाइ छ ।

तर निर्माण नसकिँदै धरहरा सञ्चालनमा ल्याउन प्रधानमन्त्री आतुर रहेका छन् । ओलीले गत साउन १४ मा मन्त्री र सचिवहरुलाई बोलाएर धरहरा सञ्चालन गर्न कुन मन्त्रालयअन्तर्गत गर्ने हो सोही मन्त्रालयले कार्यविधि बनाएर सञ्चालन गर्न निर्देशन दिइसकेका छन् ।

ऐतिहासिक धरहरा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएर ऐतिहासिक धरहराको ठुटो त्यत्तिकै राखेर धरहरा निर्माण गरिएको उक्त धरहराको अधिकांश भागहरु पुरा भइसकेका छैन्न् । भूकम्प गएको तीन वर्षपछि २०७५ पुस १२ गते आधुनिक धरहरा निर्माणको शिलान्यास गरिएको थियाृे । तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ बैशाख ११ मा तयार आधुनिक धरहराको निर्माण कार्य सम्पन्न नभइ नै उद्घाटन गरेका थिए । उद्घाटनको ३ वर्षपछि पनि धरहराको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन् ।

ठेकेदार कम्पनी जीआईईटीसी–रमण कन्स्ट्रक्सन ९जेभी०ले प्रधानमन्त्रीको ओलीको निर्देशन अनुसार नै काम गरिरहेको तर विविध कारण उक्त धरहराको निर्माण समयमा नै सक्न मुस्किल रहेको कम्पनीले जनाएको छ । धरहरा निर्माण गर्न ‘मै बनाउँछु मेरो धरहारा’ अभियानबाट ३६ करोड रुपैयाँ संकलन भएको तर धरहरा निर्माणमा अहिलेसम्म तीन अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको स्रोतले जनाएको छ

आधुनिक धरहरा ११ तलाको छ भने भित्री संरचना २२ तलाको छ । टावरमा तलमाथि गर्नका लागि दुई वटा लिफ्टको साथै सिँढीको पनि व्यवस्था गरिएको ठेगेदार कम्पनीले जनाएको छ । धरहरा ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

धरहरा परिसरमा बगैंचा, संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङस्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ । धरहराभित्रको बेसमेन्टको पार्किङमा ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न सकिने पार्किङ काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याइसकेको छ । पहिले गोश्वारा हुलाक भएको स्थानमा उद्यान , उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली चौर र चमेनागृहको निर्माण कार्य भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *