राजनीति

सांसदले बोल्दै गर्दा माइक बन्द गरेपछि सभामुख र रास्वपा सांसदबीच विवाद

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभामुखबीच विवाद भएको छ ।

प्रतिनिधि सभाको बैठक शुरु हुना साथ आकस्मिक समयमा बोलिरहेका रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक र पुल भत्किएको बताएपछि बिद्युत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि विवाद बढेको हो ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । त्यसपछि उनीहरुले उठेर विरोध जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *