काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साङपाङ अन्नत खानेपानी महसुल वृद्धिको निर्णयबाट ब्याक भएका छन् । आइतबार राति ढिलासम्म चलेको १० विभिन्न राजनैतिक दलका प्रतिनिधि र धरान खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष समेत रहेका महानगरपालिकाका मेयर साङपाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएपछि उनी आफुले गरेको निर्णयबाट पछि हटेका हुन् ।
वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको हो । उक्त सहमति भएसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
वार्तामा भएको सहमतिपछि सोमबार नै पत्रकार सम्मेलन गरेर उक्त कुरा सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ । आइतबार लगभग दिउँसो साढे २ बजेदेखि सुरु छलफलले राति ढिलोसम्म भएपनि वार्तालाई निष्कर्षमा पु¥याएको थियो । उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले धर्ना समेत दिएका थिए ।
धरान महानगरपालिकाका मेयर हर्क साङपाङले धरानमा देखिएको खानेपानीको व्यावस्थापनका लागि विगतमा एसियाली विकास बैंक (एडिबी) बाट लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको भन्दै जनताबाट कर उठाएर एडिबीको ऋण तिर्ने भन्दै विगतको भन्दा झन्डै डबल शुल्क वृद्धि गरेपछि विभिन्न १० राजनीति दल , विभिन्न राजनीति दलका भातृसंगठन र नागरिक समाजहरुले जनतालाई मारमा पारेर धरानमा पानीको शुल्क बढाएको स्वीकार्न नसकिने र पुरानै दर कामय गर्नुपर्ने ,मेयर साङपाङले बढाएको पानीको महशुल खारेजीको मागसहित आन्दोलन जारी राखेका थिए । साम्पाङले नगर विकास कोषबाट पटक पटक पत्राचार गरी ताकेता भएको सुनाउँदै अघिल्लो आर्थिक वर्षको असारसम्म ६ करोड १ लाख ११ हजार ६८ रुपैयाँ किस्ता तिर्न नसकेको बताएका थिए ।
धरानमा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको परामर्श बमोमिज खानेपानी व्यवस्थापन बोर्डले मूल्य निर्धारण नगरेको भन्दै आक्रोशित बनेका स्थानीयहरुले पुरानै महसुल दर कायम नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै महसुल काउन्टरहरूमा तालबान्दी समेत लगाएका थिए ।
पानीको महशुल वृद्धिको विषयमा विवाद भएसँगै १० राजनीतिक दलहरुले ताला लगाएका थिए । तर मेयर साङपाङ्ले विराटनगर उच्च दालत गएर मुद्धा दर्ता गरेपछि अदालतले पानीको विषयमा ताला बन्द नगर्न आदेश दिएसँगै ताला खोलिएको थियो । गत आइतबार खानेपानी बोर्ड अध्यक्ष समेत रहेका मेयर हर्कराज राई गरेको निर्णय विरुद्ध गत बिहीबार विभिन्न विभिन्न राजनैतिक दल ,कार्यकर्ता तथा नागरिक समाजले महानगरपालिकाको कार्यालाय नै घेरेका थिए ।
दश राजनीतिक दल र विद्यार्थीको अगुवाइमा भएको जनप्रदर्शनले निकै उग्ररुप लिएको थियो । मेयर साङपाङको निर्णयले तातिएका धरानवासीले निकै मेयर चुनौति दिए । आफ्नो अधिकारका लागि आन्दोलनमा उर्तिदा एक प्रहरीसहित तीनजना घाइते भएका थिए । महेन्द्र बहुमुखी क्याम्पस बिए चौथो सेमेष्टरका विद्यार्थी विक्रम परियारमाथि लाठी प्रहार भएको थियो । त्यसपछि आन्दोलनले उग्र रुप लिएको थियो । विद्यार्थी घाइते भएको विषयमा मेयर साम्पाङले प्रेस विज्ञप्ति प्रकासित गरी माफी मागेको थिए ।
सोही प्रदर्शनका क्रममा नेपाली कांग्रेस उपमहागनर सभापति श्याम पोखरेलले धरानमा आन्दोलन हुनुको मुख्य कारण मेयर साङपाङको गल्ति भएको औँल्याएका थिए । उनले मात्र मेयर साङपाङको गल्ति औँल्याएनन् , अन्य दलका राजनीतिक दल ,विद्यार्थी नागरिक समाज सबैले उनको कम्जोरी औँल्याएका थिए ।
नयाँ धारा जडान गर्न खानेपानी बोर्डले ५ हजार रुपैयाँ बढाएको थियो । पहिलो १र२ इन्चको पाइपमा घारा जडान गर्नुपरे जम्मा १५ हजार रुपैयाँ शुल्क लाग्ने तर शुल्क वृद्धि गरेपछि २० हजार रुपैयाँ बुझाउनुपर्ने मेयर साङपाङले निर्णय गरेका थिए । ४र३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । यसअघि १० हजार रुपैयाँ तिर्नु पर्दथ्यो । १ इन्चको पाइपमा ५० हजार शुल्क लाग्ने पहिले १५ हजार रुपैयाँ तिरे हुन्थ्यो । १–१र२ इन्चको धारा जडानको शुल्क ७५ हजार रुपैयाँ पुगेको थियो । पहिले २० हजार लाग्थ्यो ।
यसैगरी धरान खानेपानी बोर्डले होल चेन्जको शुल्क समेत वृद्धि गरेको थियो । १र२ को पाइपमा २ हजार शुल्क लिने गरेकोमा ५ हजार रुपैयाँ पुर्याइएको थियो । ४र३ को पाइपको ३ हजारबाट ८ हजार,१ इन्चको पाइपमा ४ बाट १० हजार, १–१र२ इन्चको पाइपको शुल्क ५ हजारबाट १५ हजार बनाइएको छ । बोर्डले खानेपानीको महसुल समेत बढाएपछि धरानमा खानेपानीमा अत्याधिक शुल्क वृद्धि भएको भन्दै स्थानीयले मेयर साङपाङको विरोधमा उत्रिएका थिए । धरानका मेयरले राजा भएको संज्ञा दिदैँ गरेको निर्णय जनताले पीडामा परेको भन्दै प्रदर्शन गरेपछि मेयर सांंङपाङ एक हप्तामै ब्याक भएका हुन् । उनले गत आइतबार खानेपानीको महशुल वृद्धि भएको घोषणा गरेका थिए ।




