देश

धरानमा खानेपानीको महशुल वृद्धिविरुद्ध १० राजनीतिक दल र मेयर साङपाङबिच द्वन्द्व , समाधानको बाटो के ?

काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्क साङपाङले धरानमा देखिएको खानेपानीको व्यावस्थापनका लागि विगतमा एसियाली विकास बैंक (एडिबी) बाट लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको भन्दै जनताबाट कर उठाएर एडिबीको ऋण तिर्ने भन्दै विगतको भन्दा झन्डै डबल शुल्क वृद्धि गरेपछि विभिन्न १० राजनीति दल , विभिन्न राजनीति दलका भातृसंगठन र नागरिक समाजहरुले जनतालाई मारमा पारेर धरानमा पानीको शुल्क बढाएको स्वीकार्न नसकिने र पुरानै दर कामय गर्नुपर्ने ,मेयर साङपाङले बढाएको पानीको महशुल खारेजीको मागसहित आन्दोलन जारी छ ।

आन्दोलनकारीहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताउँदै आएका छन् । साम्पाङले नगर विकास कोषबाट पटक पटक पत्राचार गरी ताकेता भएको सुनाउँदै अघिल्लो आर्थिक वर्षको असारसम्म ६ करोड १ लाख ११ हजार ६८ रुपैयाँ किस्ता तिर्न नसकेको बताएका छन् । धरानमा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको परामर्श बमोमिज खानेपानी व्यवस्थापन बोर्डले मूल्य निर्धारण नगरेको भन्दै आक्रोशित बनेका स्थानीयहरुले पुरानै महसुल दर कायम नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै महसुल काउन्टरहरूमा तालबान्दी समेत लगाएका थिए ।

पानीको महशुल वृद्धिको विषयमा विवाद भएसँगै १० राजनीतिक दलहरुले ताला लगाएका थिए । तर मेयर साङपाङ्ले विराटनगर उच्च दालत गएर मुद्धा दर्ता गरेपछि अदालतले पानीको विषयमा ताला बन्द नगर्न आदेश दिएसँगै ताला खोलिएको थियो । तर आइतबार खानेपानी बोर्ड अध्यक्ष समेत रहेका मेयर हर्कराज राई गरेको निर्णय विरुद्ध बिहीबार विभिन्न विभिन्न राजनैतिक दल ,कार्यकर्ता तथा नागरिक समाजले महानगरपालिकाको कार्यालाय नै गरेका थिए ।

दश राजनीतिक दल र विद्यार्थीको अगुवाइमा भएको जनप्रदर्शनले निकै उग्ररुप लिएको थियो । मेयर साङपाङको निर्णयले तातिएका धरानवासीले निकै मेयर चुनौति दिए । आफ्नो अधिकारका लागि आन्दोलनमा उर्तिदा एक प्रहरीसहित तीनजना घाइते भए । महेन्द्र बहुमुखी क्याम्पस बिए चौथो सेमेष्टरका विद्यार्थी विक्रम परियारमाथि लाठी प्रहार भएको थियो । त्यसपछि आन्दोलनले उग्र रुप लिएको थियो । विद्यार्थी घाइते भएको विषयमा मेयर साम्पाङले प्रेस विज्ञप्ति प्रकासित गरी माफी मागेका छन् । सोही प्रदर्शनका क्रममा नेपाली कांग्रेस उपमहागनर सभापति श्याम पोखरेलले धरानमा आन्दोलन हुनुको मुख्य कारण मेयर साङपाङको गल्ति भएको औँल्याए । उनले मात्र मेयर साङपाङको गल्ति औँल्याएनन् , अन्य दलका राजनीतिक दल ,विद्यार्थी नागरिक समाज सबैले उनको कम्जोरी औँल्याएका छन् ।

मेयर साङपाङले स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी एजेन्डा नै ‘धरानबासीलाई पानी खुवाउने एजेण्डा बनाएका थिए । निर्वाचनमा विजय भएपश्चात जनश्रमदानको माध्यमबाट धरानवासीलाई पानी उपलब्ध गराएरै छाडे । तर विस्तारे पानीको महशुल बढाएर नागरिकलाई पिरमा पारे । उनले विभिन्न विषयमा सहित तरिकाले निर्णय लिन नसक्दा साङपाङ बेला–बेला विवादमा आउने गरेका छन् । उनको देशदेखि विदेशसम्म धरानमा खानेपानी ल्याएको र विरुवा रोपेको भन्दै चर्चा भएपनि नेतृत्व शक्ति र निर्णय शक्ति कम्जोर भएको भन्ने टिक्काटिप्पणी भइरहेको छ । खानेपानीकै लागि चर्चामा आइरहने तिनै साम्पाङविरुद्ध धरानबासीहरु अहिले खानेपानीमा शुल्क वृद्धिविरुद्ध आन्दोलित भएका छन् ।

धरानमा खानेपानीमा अत्याधिक शुल्क वृद्धि भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । नयाँ धारा जडान गर्न खानेपानी बोर्डले ५ हजार रुपैयाँ बढाएको छ । पहिलो १र२ इन्चको पाइपमा घारा जडान गर्नुपरे जम्मा १५ हजार रुपैयाँ शुल्क लाग्दथ्यो । अब २० हजार रुपैयाँ बुझाउनु पर्छ । ४र३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । यसअघि १० हजार रुपैयाँ तिर्नु पर्दथ्यो । १ इन्चको पाइपमा अहिले ५० हजार शुल्क लाग्छ जबकि पहिले १५ हजार रुपैयाँ तिरे हुन्थ्यो । १–१र२ इन्चको धारा जडानको शुल्क ७५ हजार रुपैयाँ पुगेको छ । पहिले २० हजार लाग्थ्यो ।

यसैगरी धरान खानेपानी बोर्डले होल चेन्जको शुल्क समेत वृद्धि गरेको छ । १र२ को पाइपमा २ हजार शुल्क लिने गरेकोमा ५ हजार रुपैयाँ पुर्‍याइएको छ । ४र३ को पाइपको ३ हजारबाट ८ हजार,१ इन्चको पाइपमा ४ बाट १० हजार, १–१र२ इन्चको पाइपको शुल्क ५ हजारबाट १५ हजार बनाइएको छ । बोर्डले खानेपानीको महसुल पनि बढाएको छ ।

ऋण तिर्नकै लागि जनतालाई गरिब बनाएर ,पीडामा पारेर ,आन्दोलनको अवस्था सिर्जना गरेर धरान उपमहानगरपालिकाका मेयर साङपाङले कसरी समाधान गर्छन् रु के यो विषय सहि हो त रु अहिले देशदेखी विदेशसम्म प्रश्न उठेका छन् । मेयर साङपाङले जनताको अधिकारलाई सुनिश्चित गर्दै सबैलाई समस्या नपर्ने गरी समस्या समाधान गर्नुपर्छ । खानेपानीमा नै अत्यधिक कर बढाउने तर महानगरले आर्थिक उर्पाजनको स्रोत सिर्जना नगर्ने परिपाटीले आगामी दिनमा कालो दिन नआउला भन्न सकिदैँन् । त्यसले धरानमा देखिएको विवाद समाधानका विषयमा मेयर साङपाङले समयमा नै सोच्नुपर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *