काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
आजै साँझ सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएपछि प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५ : ०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।





