कर्णाली प्रदेश

कांग्रेसबाट कर्णालीमा को–को मन्त्री बन्दैछन् ?

काठमाडौं । नेपाली कंग्रेसले कर्णाली प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंङ्गो लगाएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मत विष्टले मन्त्रीहरूको नामको टुंगो लागेको जानकारी दिए ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई मन्त्रालयको जिम्मेवारी दिएको उनको भनाइ छ । यस्तै, नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर पुगेर पदभार ग्रहण समेत गरिसकेका छन्।

विष्टले मन्त्रीहरुको नाम तयार गरेर मुख्यमन्त्री कँडेललाई बुझाई सकेको बताएका छन् । संभव भएसम्म आजै सकभर आजै शपथका लागि प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी रहेको उनको भनाइ छ । कांग्रेसबाट मन्त्री भएका चार जनामध्ये शाह, भण्डारी र बुढा संस्थापन पक्षका हुन भने अधिकारी संस्थापन इतर पक्षका हुन्। ८ सदस्यीय कर्णाली मन्त्री परिषदुमा मुख्यमन्त्रीसहित एमालेले तीन मन्त्रालय राखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *