अर्थ

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ। तोलामै मूल्य करिब डेढ लाख पुगेको छ।

यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो। आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *