राजनीति

८४ मा एक्लै लडेर निर्वाचन जित्ने प्रचण्डको सपना फलामको चिउरा

काठमाडौं । लामो समयपछि प्रधानमन्त्रीमा नियुक्ती भएर १८ महिना सरकारको नेतृत्व गरेर प्रतिपक्षमा उत्रिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाटीको क्षमता भन्दा बाहिरको कुरा जनता सामु बोल्दै आएका छन् । नेपाली कांग्रेसको सहकार्यमा २०७९ को निर्वाचनमा माओवादी केन्द्रले ३२ सिट ल्याएको थियो ।

०७९ को स्थानीय निर्वाचनमा स्थानीय तहमा माओवादी केन्द्रले नगरपालिकाको मेयरमा २५ जना , उपमेयरमा ३३ जना ,गाउँपालिका अध्यक्षमा ९६ , उपाध्यक्षमा ९५ जना र वडाअध्यक्षमा १०३५ जनाले निर्वाचन विजयी हासिल गरेका छन् । यस्तै प्रतिनिधि सभा अन्र्तगत १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्य्रक्ष निर्वाचनमा १८ सिट विजय हासिल गर्न सफल भएको थियो । यस्तै माओवादी केन्द्रको समानुपाति कुल मत परिणाम ११ लाख,६५ हजार,६ सय ८४ रहेको छ ।

संघीय संसदको सबैभन्दा ठुलो दल नेपालीले स्थानीयत निर्वाचन २०७९ मा नगरपालिकाको मयेरमा १४१ जना, उपमेयर ११० जना गाउँपालिका अध्यक्षमा १८८ जना,उपाध्यक्ष १९० जना, वडाअध्यक्ष २६६८ जनाले विजय हासिल गरेका थिए । यस्तै प्रतिनिधिसभा अन्र्तगत कांग्रेसको २७ लाख १५ हजार,२ सय ,२५ भोट रहेको छ भने प्रत्यक्ष निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५७ सिट जितेको थियो ।

यस्तै नेकपा एमालेले २०७९ को स्थानीय निर्वाचनमा नगर प्रमुखमा ८३ जना, र उप्रमुख ११५ जना,गाउँपालिका अध्यक्षमा १२३ जना र उपाध्यक्षमामा १२६ जनाले जित हासिल गरेका थिए । यस्तै वडाअध्यक्षमा २१३७ जनाले निर्वाचनमा जित हात पारेका थिए । यस्तै प्र्रतिनिधिसभा अन्र्तगत समानुपातिक मतदाताको संख्या २८ लाख, ४५ हजार,६ सय ४२ जना रहेको छ । प्रतिनिधिसभा अन्र्तगत १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा नेकपा एमालेले ४४ सिट जित हासिल गरेको थियो ।

स्थानीय तह निर्वाचन २०७९ को तथ्याङ्कलाई हेर्दा माओवादी केन्द्रले आगामी २०८४ को निर्वाचनमा एक्लैले निर्वाचन लडेर विजय हासिल गर्ने कुरा फलामको चिउरा जबाउनु जस्तै हो । माओवादी केन्द्रका मतदाताहरु पनि कम र माओवादी केन्द्रको कार्यशैलीका कारण पनि आगामी निर्वाचनमा सिङ्गल निर्वाचनमा उत्रिएर विजय गर्ने सहज देखिँदैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *