काठमाडौं । सरकारले १८ देशका लागि नेपाली राजदूत नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार बसको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, चीनसहितका देशमा राजदूत नियुक्तीको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि फिर्ता बोलाउने निर्णय भएका शंकर शर्मालाई भारतीय राजदूतमा निरन्तरता दिने निर्णय भएको छ।
अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्त गर्ने निर्णय भएको छ। भारत कांग्रेसको कोटाबाट र अमेरिकामा एमालेको कोटाबाट नियुक्त गरिएको हो।




