देश

सौर्य एयरको बिमान दुर्घटना, घाइते क्याप्टेनको उद्धार

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

केही बेर अघि जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

विमानस्थल प्रहरी कार्यालयका त्रिदेव बुढाथोकीले दिएको जानकारी अनुसार घाइते अवस्थामा रहेका विमान चालकको उद्धार गरिएको छ। उनलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको छ। अन्य यात्रुको अवस्थाका बारेमा भने विवरण आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हाे । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *