देश

गाँजापछि कोकीन कालोबजारीको केन्द्र नेपाल बन्दै , करिब ४ करोडको कोकिनसहित विदेशी नागरिक नियन्त्रणमा

काठमाडौं । गाँजापछि कोकीन कारोबजारीको केन्द्र बिन्दु नेपाल बन्दै गएको छ । विगतदेखि नै विश्वका विभिन्न देशबाट नेपालमा अवैधानिक रुपमा कोकीन भित्रिन थालेको हो । बिहीबार लागु औषध नियन्त्रण ब्युरोको टोलीले ठुलो परिणाममा लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्युरोका अनुसार कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।

लागूओषध कोकीन कालोबजारी गर्ने एक भारतीय नागरिक र अर्का नाइजेरियन नागरिक रहेका छन् । २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुलालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका उनीहरुलाई काठमाडौँ–२६, ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोजे जानकारी दिएको छ ।

उक्त लागु औषध कोकिनका क्याप्सुलहरू कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याएको बयान दिएका छन् । होटल पुगेपछि उनले कोकिनका क्याप्सुलहरू जुसको बट्टाहरूभित्र लुकाएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बरामद गरिएको कोकीन १ केजी १०० ग्राम रहेको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५ लाख पर्न आउने प्रहरीको निष्कर्ष रहेको छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

यसअघि पनि विभिन्न देशका नागरिकहरुले ठूलो जोखिम मोलेर कोकीनको कारोबजारी नेपालमा गरिरहेका छन् । बेला– बेलामा लागु औषध नियन्त्रण ब्युरो नेपाल ल्याएर कोकीनको कालोबजारी गर्नेहरुलाई नियन्त्रणमा लिइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *