बागमती प्रदेश

बागमतीमा पाँचौं मुख्यमन्त्रीमा काङ्ग्रेसबाट तामाङ कि बानियाँ ?

काठमाडौँ। केन्द्रीय सत्ता समीकरण परिवर्तन र विश्वासको मत प्राप्त गरेसँगै सरकारबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि सोमबार राष्ट्रपतिबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । नेपाली काङ्ग्रेस र एमालेको समीकरणमा बनेको सरकारले पूर्णता पाएसँगै त्यसको असर सातै प्रदेशमा परेको छ ।

केन्द्र सरकार परिवर्तनको प्रक्रिया सदनबाटै तय भएपछि प्रदेश सरकार फेरबदलको प्रक्रिया सुरु भएको छ । केन्द्रमा नयाँ सरकार बनेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको तयारीमा दल सक्रिय छन् । बागमती प्रदेशमा केन्द्रीय समीकरणअनुसार नयाँ सरकार गठनका लागि गत असार २४ गते एमाले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले पनि सदन सामना गर्ने दाहालको पदचाप पछ्याएका छन् । उनले यही साउन ६ गते विश्वासको मत लिने निर्णय गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार काँग्रेसको प्रदेश सभा संसदीय दलको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेश सभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताले नै नेतृत्व गर्ने भन्ने छ ।

काङ्ग्रेस बागमती प्रदेशका संसदीय दलको नेतामा नुवाकोटका तामाङ छन् । उनीभन्दा अघि मकवानपुरका बानियाँ संसदीय दलका नेता थिए । काङ्ग्रेस बागमती प्रदेश सभापति बानियाँलाई हराउँदै तामाङ संसदीय दलको नेता बन्न सफल भएका थिए। राजनीतिमा अन्य घटना नभए काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधानअनुसार अघि बढ्दा बागमतीका मुख्यमन्त्रीमा संसदीय दलका नेता तामाङको विकल्पमा जान सकिँदैन ।

पछिल्लो समय तामाङको प्रस्तुति कमजोर हुँदै गएको र संसदीय दलको भूमिका सशक्त बन्न नसकेको पार्टीभित्र गुनासो रहेको प्रदेशका नेताले बताइरहेका छन् जसका कारण अहिले दलका नेता परिवर्तनको चर्चासमेत एक पक्षले चलाइरहेका छन् । संसदीय दलका नेता परिवर्तनका पक्षमा केन्द्रले निर्णय गरे र बानियाँ संसदीय दलका नेता बने भने उनी नै मुख्यमन्त्रीको दाबेदार हुनेछन् ।

नेता तामाङबाट प्रदेश सरकार चल्न नसक्ने र त्यसका लागि दलका नेता परिवर्तन वा अन्य विकल्प खोजी गरेर आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने रणनीति बानियाँ पक्षधरको छ । यता नेता तामाङ पक्षका प्रदेश सभा सदस्य भने तत्काल संसदीय दलका नेता परिवर्तन सम्भव नरहेको बताउँछन् । विधानअनुसार नै सरकारको नेतृत्व दलका नेताले गर्ने तामाङपक्षीय सदस्यको बुझाइ छ । काङ्ग्रेस आफ्नो विधान विपरीत नजाने हो भने तामाङ नै मुख्यमन्त्री बन्ने पक्का छ। दलका नेता नै फेर्ने योजना भएका खण्डमा भने पार्टी केन्द्र नै निर्णायक भूमिकामा रहनेछ ।

संसदीय दलको विधानअनुसार तामाङ मुख्यमन्त्री

काँग्रेसको प्रदेश सभा संसदीय दलको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेश सभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताले नै नेतृत्व गर्ने भन्ने छ । काङ्ग्रेस बागमती प्रदेशका संसदीय दलको नेतामा नुवाकोटका तामाङ छन् ।

उनीभन्दा अघि मकवानपुरका बानियाँ संसदीय दलका नेता थिए । काङ्ग्रेस बागमती प्रदेश सभापति बानियाँलाई हराउँदै तामाङ संसदीय दलको नेता बन्न सफल भएका थिए। राजनीतिमा अन्य घटना नभए काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधानअनुसार अघि बढ्दा बागमतीका मुख्यमन्त्रीमा संसदीय दलका नेता तामाङको विकल्पमा जान सकिँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *