राजनीति

नयाँ सरकार गठनको संवैधानिक व्यावस्थाका विषयमा राष्ट्रपति पौडेलले गरे संविधान तथा कानूनविद्हरूसँग परामर्श

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानूनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यावस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका हु्न् ।

सो छलफलमा कानूनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले संविधानको नियम अनुसार अर्को मन्त्रिपरिषद गठन नहुँदासम्मलाई प्रधानमन्त्री प्रचण्डलाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।