काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेका कारण रास्वपाको हाइट विस्तारै घट्दै गएको छ । सभापति लामिछाने पटक–पटक नागरिकता र पासपोर्ट प्रकरणदेखी सहकारी ठगी प्रकरणमा मुछिएपछि अहिले रास्वपालाई नागरिकहरुले हेर्ने दृष्टिकोण फेरिदैँ गएको छ । रास्वपा स्थापना भएको सुरुको अवस्थामा देशका आम नागरिकहरुले देशको विकास, सुशासन कायम, शान्ति स्थापना, रोजगारीको अवस्था सिर्जना हुने र देशलाई रास्वपाले समयमा नै सकरात्मक दिशामा पु¥याउने अपेक्षा राखेका थिए ।
विगतमा तारा झै उदाएको रास्वपा पार्टी अध्यक्षको निर्णय र षडयन्तकारी रणनीतिले आगामी भविष्यमा अस्ताउने दिशामा केन्द्रित भएपछि नागरिहरुले रास्वपाका बारेमा विभिन्न किसिमका आलोचना र टिकाटिप्पणी गर्न थालिसकेका हुन् । यो नयाँ विषय भने होइन् । जब रास्वपा महामन्त्री मुकुल ढकालले पार्टीको आगामी भविष्य उज्यालो नदेखिएको भन्दै पार्टीलाई उज्वल र विश्वसनीयता बनाउन ७८ जिल्लाको अनुगमन गरेर रास्वाप्रति जनताको अविश्वास र देखिएका कम्जोरीहरुका बारेमा एक प्रतिवेदन रास्वपा सभापतिलाई महामन्त्री ढकालले बुझाएपछि रास्वपा सभापतिले पार्टीलाई बर्बात पार्न खोजेको आरोप लगाउँदै पार्टीबाट निलम्बन गरे । उक्त विषयले
रास्पाभित्र अर्को नयाँ प्रश्न उठाएको छ ।
नागरिकहरुले रास्वपा सभापति समेत रहेका हालका गृहमन्त्री लामिछाने सहकारी काण्ड, नागरिकता र पासपोर्ट प्रकरणमा मुछिएको तर महामन्त्री ढकालले पार्टीका बारेमा देखिएका समस्या समाधान गर्दै परिमार्जन गरेर देश र जनताका लागि बलिदानयुक्त पार्टी बनाएर लोकतन्त्रमा देखिएका समस्या समाधान गर्न पार्टीलाई आग्रह गर्दा सभापति लामिछानेले ढकाललाई कारबाही गरेको भन्दै सभापति लामिछानेविरुद्ध आलोचनामा उत्रिएका छन् ।
अहिले आम नागरिकहरुले महामन्त्री ढकालले सही कुरा गरेको तर रास्वपा सभापतिले उनलाई कारबाही गरेको भन्दै रविलामिछाने र सिङ्गो पार्टीमा नै प्रश्न खडा भएको छ । आगामी भविष्यमा रास्वपा दुई वा दुई भन्दा भागमा विभाजन हुन सक्ने टिक्का टिप्पणी समेत हुन् थालेको छ । महामन्त्री ढकाललाई पार्टीले कारबाही गरेपछि रास्वपा सभापतिको चरित्र र भविषयका बारेमा समेत बहस नयाँ बहस चलेको हो ।
हालका गृहमन्त्री समेत रहेका रास्वपा सभापतिलाई बचाउन प्रचण्डले गोजीमा बोकेर मात्रै हिँडेनन् उनले सक्ती र सत्ताको दुरुपायोग गर्दै नेपाल प्रहरी प्रमूखलाई समेत परिचालन गरे । संसदमा समेत रवि निर्दोष भएको अभिव्यक्ति दिए । तीन करोड जनताका प्रधानमन्त्रीले एक जना व्यक्तिलाई भ्रष्ट्रचार काण्डबाट जोगाउन हरबखत प्रयास गरेका थिए । नागरिकता ,पासपोर्टदेखि सहकारी काण्डमा समेत मुछिएका गृहमन्त्री तथा रास्वपा सभापति रविलामिछानेको दशाको दिन शुरु भएको छ । अब आगामी भविषयमा रास्वापा सभापतिमाथि सहकारी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने रास्वपाबाट कारबाहीमा परेका महामन्त्री मुकुल ढकालले बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताए । ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफु अहिले पनि पार्टीको महामन्त्री रहेको दाबि गरेका छन् ।
उनले आफुले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगत रुपमा चलाएको आरोप लगाएका छन् । ढकालले रवि लामिछाने क्लबमा हाइज्याक भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी पनि रास्वपा बनाउने बताएका छन् । उनले रवि लामिछानेबाट रास्वपालाई जसरी पनि थुत्ने दाबी गरे ।रास्वपा अहिले रवि लामिछाने क्लबमा हाई ज्याक भएकाले रविबाट रास्वपाबाट जसरी थुत्ने उनले दाबी गरे ।