राजनीति

प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न एमालेको ह्विप जारी

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए । एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएपछि एमालले प्रचण्डलाई विश्वासको मत नदिन एमाले सांसदहरुलाई आग्रह गरेको हो । एमालेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन सबै सांसदहरुलाई बैठकमा उपस्थित हुन दिर्नेशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम भएपनि उनले संघीय संसदबाट चौथो पटक विश्वासको मत पाउन सक्दैनन्। त्यसपछि स्वत नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्नेछ । दुई ठूला दलको सहमतिमा बन्ने सरकारमा प्रथम चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *