राजनीति

संसद् विघटन गरेको साँढे तीन वर्षपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको रुपमा सत्तामा प्रवेश गर्दै 

काठमाडौं । नेकपा एमाले अध्यक्ष ओली संसद् विघटन गरेको साँढे तीन वर्ष पछि सत्ताको बागडोर सम्हाल्नका लागि प्रधानमन्त्रीको रूपमा सरकारमा प्रवेश गर्दै छन् । पार्टीभित्र बढेको आन्तरिक द्वन्द्वका कारण पार्टीलाई जोगाउन भन्दै अध्यक्ष ओलीले गत ०७७ साल पौष ७ गते संसद् विघटन गरेर सत्ता बाहिर रहेका थिए ।  तर त्यसको ठिक तीन वर्षपछि एमालेले सरकारमा आउने मौका मिलाएको छ ।  

प्रधानमन्त्री प्रचण्डले सत्ता केन्द्रित राजनीति गरेकाले काँग्रेस, एमाले लगायत पूर्ण सङ्घीय राजनीतिमा नै खलबल पु¥याएको भन्दै अध्यक्ष ओलीले सक्षम सरकार गठन गर्नका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेस र एमालेको सहमतिमा सरकार गठन गर्ने सहमति गरिसकेका छन् ।

एमालेले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेकै कारण नैतिकताका आधारमा पदबाट तत्काल राजीनामा दिएर मार्ग दर्शक गर्न आग्रह गरेका छन् । तर प्रधानमन्त्रीले संवैधानिक प्रक्रिया अनुसार असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर उनले कुनै पनि हालतमा विश्वासको मत लिन सक्ने अवस्था छैन । असार २८ गतेपछि एमाले र कांगेस र राप्रपाको गठबन्धनबाट अध्यक्ष ओली सहमतिका आधारमा नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

नेकपा (एमाले) को नवौँ महाधिवेशनले “नेकपा एमालेको परिकल्पना ः सुखी नेपाली, समृद्ध नेपालको स्थापना” भन्ने नारा पारित गरेको थियो। यही नारालाई, नेकपाको साझा घोषणापत्रमा आर्थिक सामाजिक रूपान्तरणको कार्यक्रम बनाई  उल्लेख गरिएको थियो।  नेपाली काँग्रेस र अन्य पार्टीहरूको दस्ताबेजमा समेत सोही नारा समानान्तर भएकाले आगामी सरकारमा सामेल हुने प्रधानमन्त्री केपी शर्मा ओली सोही नारालाई प्राथमिकता दिएर उक्त नारा व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउने बताएका छन् । 

आगामी बन्ने सरकारले पार्टीभित्र एकल बहुमत ल्याउने क्षमता विस्तार गर्दै निर्वाचन प्रणालीलाई सुधार गर्दै संविधान समेत संशोधन गर्ने सहमति दलहरुबीच भएको छ । सोही सहमतिका आधारमा दुई ठुला दल नेपाली काँग्रेस र एमालेको सरकार बन्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले संविधान र संसदीय मूल्यमान्यता विपरीत गएर आफूखुसी सता र शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्रीको कमजोर प्रस्तुति दिएपछि सरकारको सडकदेखि सदन सम्मा आलोचना भएको थियो । प्रधानमन्त्री प्रचण्ड सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई जोगाउन गोजीमा बोकेर हिँड्दै स्वार्थकेद्रिन्त सत्तामा राजनीतिक गतिविधि बढाएपछि विवादमा तानिएका थिए । अहिले प्रचण्डलाई आफैँले गरेका र बोलेका कुरा नेपाली काँग्रेस र नेकपा एमालेका सामु समस्याको पहाड बनेको छ ।

अध्यक्ष ओली प्रधानमन्त्रीको रूपमा सरकारमा सामेल भएर राजनीतिक अस्थिरताको अन्त्य गर्दै देशको विकास र जनताका समस्या समाधानमा खरो भएर लाग्ने अध्यक्ष ओलीले बताएका छन् । अध्यक्ष ओली लामो समयदेखि प्रधानमन्त्रीको रूपमा सरकारमा प्रवेश गर्न नसकेपछि नीतिगत निर्णयहरू गर्न समर्थ थिए । तर अब प्रधानमन्त्री बनेपछि ओलीले विगतको सरकारले गरेका कमजोरीलाई सुधार गर्दै देश र जनताको हितमा बसेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अब बन्ने कांग्रेस र एमालेको सरकारले देशमा देखिएका हरेक किसिमका समस्याको समाधान हुने र देशलाई सुशासनको मार्गमा हिँडाउने नागरिकले अपेक्षा गरेका छन् । संघीय संसदको सबैभन्दा ठूलो दल भएर प्रतिपक्षमा बसेर नेपाली कांग्रेसले प्रधानमन्त्ती प्रचण्डको नेतृत्वको सरकारले गरेका कमजोर निर्णय र गलत प्रयोगलाई सच्याउन देश र जनताका हितमा रहेर खरो रुपमा उत्रिएको थियो । कांग्रेसले देशको समस्यकाा रुपमा रहेको सहकारी घोटला प्रकरणमा सहकारी पीडितले न्याय पाउनुपर्ने र दोषीलाई कारबाही गर्न सरकारको खरो ध्यानाकर्षण गराउँदै आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *