देश

नक्कली भुटानी शरणार्थी प्रकरणमा १४ महिनादेखि फरार प्रतिक थापा पक्राउ ,आइतबार अदालतमा पेस गरिने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार राजधानीको बौद्ध क्षेत्रबाट पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार अदालतमा पेस गरिने भएको छ ।

पक्राउ परेका थापालाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिने भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १४ महिनादेखि फरार रहेका थापालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो । यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *