राजनीति

कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनको लागि एमालेबाट विद्रोह गरेका हौँ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनको लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको अध्यक्ष नेपालले बताए ।

एमालेसँग विद्रोह गरेपछि अहिले आफ्नो पार्टीको उचाई माथि पुगेको उनले बताए । विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेर न्यायोचित काम गरेको उनको भनाइ छ । अध्यक्ष नेपालले एमालेसँगै बसेको भए अहिले आफ्नो अस्तित्व नबच्ने समेत समिक्षा गरे । आफ्नो पार्टीले सिंगो देशमा देखाएका उपस्थिति देखाउँदै भूमिका स्थापित गरेको उनले दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *